आर्मी र कर्णाली प्रदेश राष्ट्रिय टी–२० क्रिकेटको फाइनलमा

लोकपथ
494
Shares

विराटनगर । विभागीय टोली त्रिभुवन आर्मी र कर्णाली प्रदेश टिम विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

मोरङ क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत आज बैजनाथपुर क्रिकेट रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशको चुनौतीलाई ५ विकेटले पन्छाउँदै आर्मी फाइनलमा पुगेको हो ।

आर्मीले यस सिजनमा पिएम कप र केपी ओली कप गरी २ पटक फाइनल खेलिसकेको छ । आर्मी पिएम कपमा पुलिससँग र केपी ओली कपमा मधेश प्रदेशसँग फाइनलमा पराजित भएको थियो ।

टस हारेर ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ६३ रनको योगफल तयार पारेको थियो । सुदूरका नारायण जोशीले आक्रमक ब्याटिङ गर्दै २२ बलमा ६ छक्का र ४ चौका प्रहार गर्दै ५९ रन बनाए । उनले १७ बलमा हाफ सेन्चुरी बनाएका छन् ।

त्यस्तै, किरण ठगुन्नाले ४३ रन बनाए । आर्मीका वसिर अहमदले ४ ओभरमा २३ रन दिएर ४ विकेट लिँदा नितेश पटेल ३ विकेट लिए ।जवाफमा १ सय ६४ रनको लक्ष्य पछ्याएको आर्मीले वसिर अहमदको अर्ध सतकले १९ दशमलव १ बलमा ५ विकेटको सो विजयी लक्ष्य पार गरेको थियो ।

आर्मीको जितमा प्लेयर अफ द म्याच वसिर अहमदले २८ बलमा २ छक्का र ५ चौका प्रहार गरि अविजित ५० रनमा बनाउँदा तृतराजथ दासले ३८ रन र सन्तोष कार्कीले ३१ रन बनाए । सुदूरका दिपक वोहोराले २ विकेट लिँदा हेमन्त धामी र नरेन साउदले १–१ विकेट लिए ।

आजै भएको दोस्रो खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरको खेलमा १८ दशमलव २ बलमा सवै विकेट गुमाई १ सय ५१ रनको स्कोर बनाएको थियो ।

लुम्बिनीका लागि आकाश त्रिपाटीले ३९ बलमा १ छक्का र १० चौका प्रहार गरि ६५ रन बनाउँदा मृनल गुरुङले २२ रन, दिलसाद अलीले १४ रन र कप्तान देव खनालले १२ रनको योगदान दिए । कर्णालीका प्लेयर अफ म्याच दिपेन्द्र रावतले ४ ओभरमा ३१ रन दिएर ४ विकेट लिँदा प्रकाश जैसीले ३ विकेट दिवान पुनले २ विकेट लिए ।

जवाफमा १ सय ५२ रनको लक्ष्य पाएको कर्णालीले १८ दशमलव ५ बलमा ५ विकेट सो विजयी लक्ष्य भेट्टाएको थियो । कर्णालीका अर्जुन घर्तीले २७ बलमा १ छक्का र ५ चौका प्रहार गरी अविजित ४३ रनको पारी खेले भने दिनेश अधिकारीले २० बलमा ३ छक्का र २ चौका प्रहार गर्दै अविजित ३६ रनको योगदान दिए ।

घर्ती र अधिकारीले छैटो विकेटका लागि ४२ बलमा अविजित ७४ रनको सानदार साझेदारी गरे । त्ययस्तै रविन्द्र शाहीले २४ रन र विपिन राउतले १९ रनको योगदान दिए । लुम्बिनीका वीर मगर, निर्मल गुरुङ, देव खनाल नर सार्की र कृष्ण कार्कीले समान १–१ विकेट लिए ।प्रतियोगिताको फाइनल खेल भोलि शनिबार हुने मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?