कांग्रेसले गृहमन्त्रीलाई रोस्टममा जान रोक्यो

लोकपथ
1.8k
Shares
file photo

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुखले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विद्येयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न आग्रह गरेका थिए ।


गृहमन्त्री लामिछाने उठेर प्रस्ताव प्रस्तुुत गर्न जाने क्रममा कांग्रेस सांसदहरुले बाटो छेकेका थिए ।


बेल घेर्न पुगेका कांग्रेस सांसदहरुले ‘सहकारी पीडितलाई न्याय दे’, ‘सहकारी ठग्ने मन्त्री राजीनामा दे’ भन्दै नाराबाजी गरेका थिए ।


त्यसो त यसअघि पनि कांग्रेसले स्वार्थ बाझिने मन्त्रालयमा लामिछानेलाई पठाइएको भन्दै राजीनामा मागिरहेको छ ।

कांग्रेसको अवरोधपछि चैत ४ गते आइतबारसम्मका लागि बैठक स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?