यौनलिला गरेपछि भाइ मार्ने युवतीले गरिन् हिरासतमै आत्महत्या

सिहारा, १२ कात्तिक । सिरहा कर्जन्हा नगरपालिकाका १३ वर्षीय बालक भवेशकुमार यादवको हत्या आरोपमा पक्राउ परेकी सिरहा कर्जन्हा २ की १६ प्रियंका यादबले प्रहरी हिरासतमा नै आत्महत्या गरेकी छन् । आफ्नै भाईको हत्या आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको केही घण्टा नवित्दै प्रियंकाले आत्महत्या गरेकी छन् प्रियंका यादवले विष्णुपुर प्रहरी चौकीको हिरासत कक्षको बाथरुममा आइतबार साँझ आत्महत्या गरेकी प्रहरीले जनाएको छ । बाथरुममा छिरेकी प्रियका लामो समयसम्म ननिस्किएपछि खोजी गर्दा भेन्टिीलेसनको ग्रीलमा सलको पासो लगाएर झुण्डिएकहो अवस्थामा पाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिनुभयो यस्तो थियो घटना ….अनैतिक सम्बन्ध लुकाउन दिदीले आफ्नो नजिकको केटा साथीको सहयोगमा भाइको हत्या गरेको खुलेको थियो । कर्जन्हा नगरपालिका २ बन्दीपुरमा यहि कार्तिक ३ गतेदेखि हराईरहेका स्थानीय कुसुमलाल यादवका १३ बर्षीय छोरा भवेश कुमार यादवको शव ५ गते बेलुकी हत्या गरि फालिएको अवस्थामा कर्जन्हा नगरपालिका २ स्थित बनमारा घारीमा फेला परेको थियो । भबेशलाई आफ्नै ठुलोबुवा राम उदगार यादबका १६ बर्षीय छोरी प्रियंका यादब र प्रियंकाका नजिकको केटा साथी तथा छिमेकी धनुषा धनौजीकट्टी ५ घर भई हाल कर्जन्हा नगरपालिका २ स्थित मामा नविन कुमार साहको घरमा बसी अध्ययन गर्दै आएका नथुनी साहको १४ बर्षीय छोरा संजय कुमार साहले आफ्नो यौनलिला लुकाउन खुकुरीले घाँटी रेटि हत्या गरेको प्रहरीले जनाएको थियो । ईलाका प्रहरी कार्यालय मिर्चैयाले आज (आइतवार) पत्रकार सम्मेलन गरि भवेशको हत्यामा संलग्न प्रियंका र संजयलाई पक्राउ गरि सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?