अभिनेत्री केकी बनिन् ब्रान्ड एम्बेसडर

लोकपथ
0
Shares

काठमाडौं । अभिनेत्री केकी अधिकारी सौन्दर्य प्रशोधनको सामग्री उत्पादक कम्पनी ट्रुमी–ट्रुडमको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् ।

गत बिहीबार अभिनेत्री अधिकारी र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

ब्रान्ड एम्बेसडर नियुक्त भएपछि अभिनेत्री अधिकारीले ट्रुमी र ट्रुडर्माका सामग्री गुणस्तरीय रहेको बताइन् । उनले अमेरिकी प्रविधिबाट उत्पादित ट्रुमीका विभिन्न उत्पादनहरु समेत प्रभावकारी भएको दाबी गरिन् ।

कम्पनीका अध्यक्ष मुरारकाले केकीजस्तो प्रतिभाशाली अभिनेत्रीलाई आफ्नो उत्पादनको एम्बेस्डर बनाउन पाएकोमा उत्साहित भएको बताए ।

ट्रमी र ट्रडर्माले नेपाली बजारमा १७ प्रकारका हेयरकेयरका सामग्री उपलब्ध गराउँदै आएको छ । यसका साथै छालाको हेरचाह तथा सौन्दर्य सम्बन्धी सामग्री पनि नेपाली बजारमा लोकप्रिय बन्दै आएको कम्पनीको भनाइ छ । ट्रुमीका हेयरकेयर र स्कीन केयरका सामग्री सबै प्रकारका केश तथा छालाका लागि उपयुक्त र प्रभावकारी रहेको कम्पनीले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?