साझा न्यूनतम कार्यक्रमको मस्यौदा तयार, आजै शीर्ष नेताहरुलाई बुझाउने तयारी

लोकपथ
182
Shares

काठमाडौं । सरकारले न्यूनतम साझा कार्यक्रम तयारका लागि गठन गरेको कार्यदलले त्यसको मस्यौदा तयार पारेको छ ।


एमालेका उपाध्यक्ष समेत रहेका विष्णु पौडेलेको संयोजकत्वमा गठित कार्यदलको आज बसेको बैठकले न्यूनतम साझा नीति तथा कार्यक्रमको मस्यौदा तयार पारेको हो ।


यसरी तयार भएको न्यूनतम साझा नीति तथा कार्यक्रमको मस्यौदा आज नै गठबन्धनका शीर्ष नेताहरुलाई बुझाउने तयारी भएको संयोजक पौडेलले जानकारी दिए ।


‘न्यूनतम साझा कार्यक्रम तयार भएको छ । आज नै कार्यदलले प्रमुख नेताहरूलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा हस्तान्तरण गर्छौँ ।’ उनले भने ।


उनका अनुसार न्यूनतम साझा कार्यक्रममा संविधानको रक्षा, अर्थतन्त्रका चुनौतीको समाधान, आर्थिक विकास तथा समृद्धि र जनतालाई आशा जगाउने खालको बनाइएको उनले बताए । साथै राष्ट्रलाई समृद्ध बनाउने, जनतालाई खुसी बनाउने, समृद्ध राष्ट्र सुखी नेपालीको आकांक्षालाई पूरा गर्ने र देशलाई समाजवादतर्फ अगाडी बढाउने विषय समेत समावेश गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?