सुन तस्करी प्रकरणमा महराको संलग्नता रहेको आयोगको ठहर

लोकपथ
637
Shares

काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्व सभामुख समेत रहेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको संलग्नता देखिएको ठहर भएको छ ।

बिहीबार सुन तस्करी प्रकरणको छानबिनका लागि गठित कार्यदलले महरा दोषी देखिएको र कारबाही गर्नुपर्ने सिफारिससहितको प्रतिवेदन उपप्रधान एवं गृहमन्त्रीलाई बुझाएको हो ।

इलेक्ट्रिक चुरोट ‘भेप’ मार्फत् भएको सुन प्रकरणमा महराको नाम जोडिएको थियो । सोही प्रकरणमा जोडिएको आरोपमा उनका छोरा राहुल महरा जेलमा रहेका छन् ।

भेपमार्फत नेपाल ल्याइएको सुन त्रिभुवन अन्तराष्र्टिय विमानस्थलमा समातिएकोमा त्यसलाई छुटाउनका लागि महराले फोन गरेको यसअघि नै बाहिरिएको थियो ।

हङकङबाट भेपमा लुकाएर ल्याइएको ६० केजी सुन तस्करीको छानबिन गर्न आयोग बनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?