१९ मङ्सिर २०७९, सोमवार

यौनलिला गरेपछि भाइ मार्ने महिलाले गरिन् हिरासतमै आत्महत्या

२०७४,कार्तिक,१२,आईतवार १३:२६

9
Shares

सिहारा, १२ कात्तिक । सिरहा कर्जन्हा नगरपालिकाका १३ वर्षीय बालक भवेशकुमार यादवको हत्या आरोपमा पक्राउ परेकी सिरहा कर्जन्हा(२ की १६ प्रियंका यादबले प्रहरी हिरासतमा नै आत्महत्या गरेकी छन् । आफ्नै भाईको हत्या आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको केही घण्टा नवित्दै प्रियंकाले आत्महत्या गरेकी छन् प्रियंका यादवले विष्णुपुर प्रहरी चौकीको हिरासत कक्षको बाथरुममा आइतबार साँझ आत्महत्या गरेकी प्रहरीले जनाएको छ । बाथरुममा छिरेकी प्रियका लामो समयसम्म ननिस्किएपछि खोजी गर्दा भेन्टिीलेसनको ग्रीलमा सलको पासो लगाएर झुण्डिएकहो अवस्थामा पाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिनुभयो यस्तो थियो घटना ….अनैतिक सम्बन्ध लुकाउन दिदीले आफ्नो नजिकको केटा साथीको सहयोगमा भाइको हत्या गरेको खुलेको थियो । कर्जन्हा नगरपालिका २ बन्दीपुरमा यहि कार्तिक ३ गतेदेखि हराईरहेका स्थानीय कुसुमलाल यादवका १३ बर्षीय छोरा भवेश कुमार यादवको शव ५ गते बेलुकी हत्या गरि फालिएको अवस्थामा कर्जन्हा नगरपालिका २ स्थित बनमारा घारीमा फेला परेको थियो । भबेशलाई आफ्नै ठुलोबुवा राम उदगार यादबका १६ बर्षीय छोरी प्रियंका यादब र प्रियंकाका नजिकको केटा साथी तथा छिमेकी धनुषा धनौजीकट्टी ५ घर भई हाल कर्जन्हा नगरपालिका २ स्थित मामा नविन कुमार साहको घरमा बसी अध्ययन गर्दै आएका नथुनी साहको १४ बर्षीय छोरा संजय कुमार साहले आफ्नो यौनलिला लुकाउन खुकुरीले घाँटी रेटि हत्या गरेको प्रहरीले जनाएको थियो । ईलाका प्रहरी कार्यालय मिर्चैयाले आज (आइतवार) पत्रकार सम्मेलन गरि भवेशको हत्यामा संलग्न प्रियंका र संजयलाई पक्राउ गरि सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति: २०७४,कार्तिक,१२,आईतवार १३:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीहरुको मनोबल वृद्धि गर्नका लागि सरकारले भरपूर सहयोग गर्ने बताएका छन् । नेपाल प्रहरी सिंहदरबार

काठमाडौं । काठमाडौंका नाइट क्लब तथा होटल रेस्टुरेन्ट सञ्चालनको समयसीमा हेरफेर भएको छ । बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी धनश्याम

काठमाडौं । नेपालमा सन् २००० को तुलनामा एचआइभीको नयाँ संक्रमण ८४ प्रतिशतले घटेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको

काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ नायव निरीक्षक उमेश कोइरालालाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको छ । प्रदेश

ताजा समाचार

रिलायन्स फाईनान्स १४ औँ वर्षमा प्रवेश
 २०७९,मङ्सिर,१९,सोमवार १९:४८