स्टार सिटी गौरीगंगा गोल्डकपको च्याम्पियन

लोकपथ
13
Shares

धनगढी । स्टार सिटी क्लब धनगढीले गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिहीबार भएको फाइनल खेलमा फारवेष्ट पशुपति युथ क्लबलाई ५–० गोल अन्तरले हराउँदै स्टार सिटी युवा क्बल प्रतियोगिताको च्याम्पियन बनेको हो ।

गत संस्करणको उपविजेतता स्टार सिटीले यसपटक उपाधि जित्न सफल भएको हो । उपाधिसहित स्टार सिटीले ६ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको फार वेस्टले ३ लाख रुपैयाँमा चित्त बुझायो । फाइनल खेलमा कमल देउवा नायक बनेपछि स्टार सिटीले सहजै उपाधि जितेको हो । फाइनल खेलमा देउवाले मात्रै चार गोल गरे ।

खेलको आठौं मिनेटमा पहिलो गोल गरेका उनले २० औं मिनेटमा दोस्रो र पहिलो हाफको इन्जुरी समयमा ह्याट्रिक पुरा गरेका थिए । कमलले ६२ औं मिनेटमा ब्यक्तिगत चौथों गोल पुरा गरेका थिए । खेलको ७९ औं मिनेटमा भुपेन्द्र शाहीले गोल गर्दै स्टार सिटीलाई सहज जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?