सिन्धुलीको दुम्जामा नेपाल टेलिकमको टावरमा बम विस्फोट

लोकपथ
1.8k
Shares
file photo

काठमाडौं । सिन्धुुलीमा नेपाल टेलिकमको टावर परिसरमा कुकर बम विस्फोट भएको छ ।


आज बिहान सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा डाँडास्थित रहेको टेलिकम टावर परिसरमा बम विस्फोट भएको हो ।

बिहान करिब ३ बजे विपी पार्कमा रहेको टेलिकमको टावरमा कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

टावर परिसरमा रहेको भवनमा सामान्य क्षती भएको र तर टावरमा भने क्षती नभएको प्रहरीले जनाएको छ ।

त्यस्तै घटना भएको परिसरमा जनमुक्ति सेना लेखिएको पर्चा भेटिएको छ।

हाल सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?