ड्युटीमा खटीएका पाइलट र चालक दलले उपवास बस्न नपाउने

लोकपथ
1.3k
Shares

काठमाडौं । पाकिस्तानको राष्ट्रिय एयरलाइन्स पीआईएले रमजानको महिनामा उडानको समयमा उपवास बस्न ड्युटीमा रहेका पाइलट र उडान परिचरहरूलाई प्रतिबन्ध लगाएको छ।

एयरलाइन्सले यो निर्णय चिकित्सकको सल्लाहमा लिएको छ । उपवासले व्यक्तिमा डिहाइड्रेसन हुनुका साथै आलस्य र निद्रा जस्ता समस्याको सामना गर्नुपर्ने हुनाले उक्त निर्णय लिएको बताइएको छ ।

उनीहरूले कर्पोरेट सेफ्टी म्यानेजमेन्ट र एयर क्रू मेडिकल सेन्टरले पाकिस्तान इन्टरनेशनल एयरलाइन्सका पाइलट र क्याबिन क्रू सदस्यहरूलाई उडानको समयमा उपवास नगर्न सल्लाह दिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?