आरबीबीएल इसान कप फुटसल चैत्र ३ देखि काठमाडौंमा

लोकपथ
52
Shares

काठमाडौं । कर्मचारी खेलकुद प्रतिष्ठान नेपालले यही चैत्र ३ गतेदेखि तेस्रो फुटसल प्रतियोगिता आरबीबीएल इसान कप–२०८० आयोजना गर्ने भएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतिष्ठानका अध्यक्ष राम विनय श्रेष्ठले चैत्र ३ गते देखि ५ गते सम्म तेस्रो फुटसल प्रतियोगिता आरबीवीएल इसान कप आयोजना गर्न लागेको जानकारी दिएका हुन् ।

अध्यक्ष श्रेष्ठका अनुसार प्रतियोगितामा सार्वजनिक संस्थान, बैक तथा वित्तिय संस्था, स्थानीय तह, नीजि क्षेत्रका बैंक तथा वित्तिय संस्था, विमा कम्पनी, दुरसंञ्चार सेवा प्रदायक कम्पनी र वायुसेवा कम्पनीहरुका कर्मचारी खेलाडीहरुले सहभागिता जनाउदैछन् ।

उक्त प्रतियोगितामा विजयी टिम तथा खेलाडीहरुलाई नगद पुरस्कार, कप, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । साथै प्रतियोगिताका सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, फियर प्ले टिमलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?