निश्चल र गरिमाको डेब्यु फिल्म ‘लन्डन टु पेरिस’ जेठ २५ मा

लोकपथ
78
Shares

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र निश्चल खड्काको अभिनय रहेको फिल्म ‘लन्डन टु पेरिस’ आगामी वर्ष अर्थात २०८१ जेठ २५ गते रिलिज हुने भएको छ । निर्माण पक्षले बिहीबार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो ।

पोस्टरमा साम्राज्ञी र निश्चलले रोमान्टिक मुडमा लिपलक गरेका छन् । फिल्ममा साम्राज्ञी र निश्चलका अलावा कविर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिष श्रेष्ठ र मनिष गान्धीको अभिनय छ । फिल्मबाट निश्चल र गरिमाले नेपाली रजतपटमा ‘डेब्यू’ गर्दैछन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माता छन् ।

ट्राभल लभस्टोरी जनराको फिल्ममा घनश्याम लामिछानेको निर्देशन छ । सनिश खकुरेल सह–निर्माता रहेको फिल्ममा अंकित गौतम कार्यकारी निर्माता छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले फिल्मलाई नेपालभर वितरण गर्नेछ ।

फिल्ममा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?