अस्मितालाई ‘द नेशनल डिजाईनर रनवे २०२४’को उपाधि

लोकपथ
208
Shares

काठमाडौं । फेसन डिजाइनरहरुको प्रतिष्पर्धा ‘द नेशनल डिजाईनर रनवे २०२४’को उपाधि अस्मिता श्रेष्ठले जितेकी छन् । राज्य मिडिया नेटवर्कले सिन्धुपाल्चोकको सुकुटे बिच रिसोर्टमा बुधबार राती सम्पन्न गरेको चौथो संस्करणको प्रतियोगितामा १४ डिजाइनरहरुको सहभागिता थियो ।

प्रतियोगितामा मिराज हुसेन ‘फस्ट रनर अप’ र सुस्मिता घिसिङ ‘सेकेण्ड रनर अप’ भए । प्रतिभाशाली तथा उदीयमान डिजाइनरहरुको रचनात्मकता र अद्वितीय शिल्प कौशल मिश्रित पहिरनमा मोडलहरुले ¥यापमा आफूलाई प्रस्तुत गरेका थिए ।

रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा रेजिना तुलाधर, धिरज तण्डुकार र अंकित मैतेय निर्णायक थिए । प्रतियोगिता स्वस्ती दंगालको निर्देशन र  परमानन्द चौधरीको व्यवस्थापनमा सम्पन्न भएको थियो ।

राज्य मिडिया नेटवर्कका अध्यक्ष सरोज ओझाले डिजाइनरहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न र नेपाली फेशन उद्योगभित्र सजिलै स्थापित हुन प्लेटफर्मको रूपमा सेवा प्रदान गरेको बताए ।

नेटवर्कका सिइओ डेभिल सिंह राजपुतले उत्कृष्ट मोडलहरुको उत्साहजनक उपस्थितिमा नेपालमै पहिलो पटक बिचमा रनवे आयोजना गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?