बुढासुब्बा गोल्डकप : फाइनल पुग्न एनआरटी र काँकडभिट्टा भिड्दै

लोकपथ
0
Shares

विराटनगर । सुनसरीको धरानमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनलमा आज काँकडभिट्टा ट्रेनिङ सेन्टर र न्युरोड टिम (एनआरटी) बीच खेल हुँदैछ ।

एनआरटी त्रिभुवन आर्मीलाई पराजित गर्दै सेमिफाइनल पुगेको हो । काँकडभिट्टा ट्रेनिङ सेन्टरले झापा गोल्डकप च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई १–० गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । चर्च ब्वाइज प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ ।

यसैगरी, हिजो भएको पहिलो सेमिफाइनल खेलमा आयोजक धरान फुटबल क्लबलाई हराउँदै एन्फा मोरङले फाइनलमा स्थान पक्का गरेको हो ।मोरङले पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले धरानलाई हराएको थियो ।

प्रतियोगिताको फाइनल खेल शनिवार हुनेछ । उपाधि विजेता टिमले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । उपविजेता टिमले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?