च्याम्पियन्स लिगमा बोरुसिया डर्टमुन्ड अन्तिम ८ मा प्रवेश

लोकपथ
117
Shares

काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमुन्डले युइएएफ च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा स्थान पक्का गर्न सफल भएको छ । बुधबार राति भएको दोस्रो लेगमा नेदरल्याण्ड्सको क्लब पीएसभीलाई २–० ले पराजित गरेको डर्टमुन्डले समग्रमा ३–१ को नतिजा निकाल्न सफल भयो ।

पहिलो लेगमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका थिए । घरेलु मैदानमा डर्टमुन्डले तेस्रो मिनेटमै अग्रता बनाएको थियो । उसका लागि जाडोन सान्चोले गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै, दोस्रो हाफको इन्ज्योरी टाइममा मार्को रेयुसले गोल थपेपछि डर्टमुन्डले दोस्रो लेगमा २–० को सहज जित निकाल्न सफल भयो ।

डर्टमुन्डको क्वाटरफाइनल प्रवेशसँगै अन्तिम ८ मा पुग्ने सबै टिमको टुंगो लागेको छ । च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्पेनका तीन क्लब पुगेका छन् ।स्पेनिस ला लिगाका रियल मड्रिड, बार्सिलोना र एट्लेटिको मड्रिडले स्थान बनाएका हुन् ।

यसैगरी प्रिमियर लिगका दुई क्लब म्यानचेस्रट सिटी र आर्सनलले अन्तिम ८ मा स्थान बनाए । यसैगरी जर्मन बुन्डेस लिगाका दुई क्लब बार्यान म्युनिख र बोरुसिया डर्टमुन्डले अन्तिम ८ मा स्थान बनाउँदा फ्रेन्च लिग वान खेल्ने पीएसजीले स्थान पक्का गरहेको छ । च्याम्पियन्स लिगको क्वाटरफाइनल ‘ड्र’ शुक्रबार हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?