फेरी बढ्यो सुन,तोलाकै १ लाख २५ हजार नाघ्यो

लोकपथ
260
Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य फेरी बढेको छ । मंगलबार हालसम्मकै उच्च १ लाख २६ हजार पुगेको सुनको मूल्यमा बुधबार १ हजार रुपैयाँ घटेको थियो । तर, बिहीबार तोलामा ८ सय रुपैयाँले सुनको भाउ बढेर आएको छ ।

हिजो प्रतितोला १ लाख २५ हजार रुपैयाँमा झरेको छापावाला सुन बिहीबार १ लाख २५ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आजका लागि महासंघले तेजावी सुन तोलामा १ लाख २५ हजार २ सय रुपैयाँ तोकेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । बुधबार १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५० रुपैयाँ बढेर १ हजार ५ सय १५ रुपैयाँ पुगेको छ । फागुन महिनाको २६ दिनमा मात्रै नेपाली बजारमा ८ हजार ५ सय रुपैयाँले सुनको भाउ बढेर मूल्यमा नयाँ रेकर्ड राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?