त्रिकोणात्मक टी-२० आई सिरिज : उपाधि जित्नका लागि पीएनजीले दियो नेपाललाई १७२ रनको लक्ष्य

लोकपथ
130
Shares

काठमाडौं । हङकङमा चलिरहेको त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनिले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएके हो ।

पिएनजीका लागि ओपनर टोनी उराले सर्वाधिक ६१ रनको अर्धसतकिय पारी खेले ।

त्यस्तै, हिला जर्ज वाइके वारेले १८, अलेई नाओले ३०, हिरीहिरीले १५, किपलिन डोरिगाले १४, चाड आइवती सोपरले १३ रनको योगदान दिए ।

नेपालका लागि कुशल भुर्तेल आफ्नो लय फाइनलमा पनि कायम राख्दै तीन विकेट लिए । ।

त्यस्तै, आकाश चन्दले पनि तीन, करण केसी र गुल्शन झाले एक/एक विकेट झारे ।

नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?