काठमाडौं । कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बसेको छ ।
संघीय संसद भवनस्थित शंकर हलमा बैठक बसेको हो ।
आज प्रधानमन्त्रीले विश्वासको मत लिँदैछन् । सोही विषयमा छलफलका लागि बैठक बसेको सभामुखको सचिवालयले जनाएको छ ।
त्यस्तै आजको बैठकमा संसदको क्यालेन्डरका विषयमा समेत छलफल हुनेछ ।
बैठकमा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, कानुनमन्त्री पदम गिरीसहित सबै राजनीतिक दलका प्रमुुख सचेकतहरुको समेत सहभागिता रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया