प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

लोकपथ
112
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन् ।


आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।


फागुन २१ गते प्रधानमन्त्रीले नयाँ समीकरण अनुसार मन्त्रिमण्डल पुुनर्गठन गरेसँगै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको थियो । सोही अनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।


उनलाई उनको दल नेकपा माओवादी केन्द्रसहित, एमाले, रास्वपा, जसपा र एकीकृत समाजवादीको समर्थन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?