काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुराना कुराहरुलाई बिर्सिएर बुधबार विश्वासको मत दिन आग्रह गरेका छन् ।
आज बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले त्यस्तो निर्देशन दिएका हुन् ।
पहिले प्रधानमन्त्रीले गल्ती गरेको हुनसक्ने भए पनि अहिले राम्रो काम गरेको भन्दै पहिलेका कुरालाई बिर्सिएर विश्वासको मत दिन आग्रह गरेका हुन् ।
भोलि प्रधानमन्त्रीमाथि हाम्रो विश्वास छ भनेर मत दिनुपर्नेछ । पहिलेपहिलेका कुराहरुमा प्रधानमन्त्रीले ठूल्ठूला गल्ती पनि गर्या हुन सक्छ । उहिलेका कुरा ।’ ओलीले भने, ‘अहिले प्रधानमन्त्रीले एकदम राम्रो काम गर्नु भएको छ । एकदम अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउन उहाँले पहलकदमी लिनुभएको छ ।’
त्यस्तै ओलीले सरकारको आलोचना नगर्न सांसदहरुलाई निर्देशन दिएका छन् ।
सरकारले काम गर्न नसकेमा आन्तरिक रुपमा छलफल गर्नुुपर्ने भन्दै बाहिर विरोध गर्दै हिँड्न नहुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया