आफ्नो अभियानलाई समर्थन जुटाउन महतो मकवानपुरमा

लोकपथ
130
Shares

काठमाडौं । मकवानपुरको राक्सिराङमा योङ इन्डिजिनिस्ट लिग अन्तर्गतको बृहत् संवादात्मक कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार च्योबाङ राष्ट्रिय बाहिनीको आयोजनामा बहुल राष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्ति गर्ने प्रयोजनको निम्ति उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले च्योबाङ राष्ट्रियताले पनि न्याय पाउनुपर्ने मान्यतासहित बहुलराष्ट्रिय राज्य निर्माण प्रक्रियामा सबैको साथ खोज्न आएको बताए ।नेपालको एकीकरण हुँदा माटो मिले पनि मन नमिलेको भन्दै स्वदेशवादको यस यात्रामा सबैको साथ आवश्यकता रहेको बताए ।

कार्यक्रममा दर्शनशास्त्री तथा क्रान्तिकारी नेता बुद्ध छिरिङ मोक्तानले च्योबाङ राष्ट्रका जनताले आफ्नो जल, जंगल र जमिन माथीको नियन्त्रण कायम गर्न र आफ्नो सत्ता स्थापित गर्न लागि पर्नुपर्ने बताए ।कार्यक्रममा क्रान्तिका नेता केशव झा, कमला गुरुङ, सिएन थारु, आरके तामाङ, सनम लिम्बु, नेरुता मोक्तान, भिम बहादुर रुम्बाको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा कांग्रेसका नेता तथा पुर्वराज्यमन्त्री सन्त बहादुर च्योबाङ, काठमाडौं महानगरपालिकाका मेयर पदका प्रत्यासी तथा नेवाः राष्ट्रिय बाहिनीका संयोजक सुमन सायमी, उपत्यका विशेष ब्यूरोका इन्चार्ज रविन्द्र श्रेस्ठ, गाउँपालिका उपाध्यक्ष बनस्थम थिङ, समाजसेवी शेरबहादुर च्योबाङ, समाजका अगुवा हर्क बहादुर च्योबाङ, युवा महेशप्रसाद च्योबाङ लगायतले आफ्नो विचार राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?