सेयर बजार परिसूचक उच्च, साढे चार अर्बभन्दा बढीको कारोबार

लोकपथ
143
Shares

काठमाडौं । साताको तेस्रो दिन सेयर बजार कारोबार उल्लेख्य बढेको छ । ५८.५५ अंकले बढ्दै नेप्से परिसूचक २१११.२१ विन्दुमा पुगेको छ । कारोबार रकम पनि निकै बढेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धनका लागि दलीय समीकरण परिवर्तन गर्दै अर्थमन्त्री फेरेसँगै सेयर बजार स्तब्ध थियो । अर्थमन्त्री वर्षमान पुन सेयर बजार व्यवस्थापनमा सकारात्मक हुने आश गरेका लगानीकर्ताले कारोबार बढाएका हुन् ।
मंगलबार विभिन्न कम्पनीका १ करोड ६ लाख ९ हजार ५ सय ९७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३ सय ४७ रुपैयाँ भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

सबै उपसमूह बढेका छन् । २२० कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ताले मनग्ये फाइदा कमाएका छन् । जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, वीन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त, जाल्पा लघुवित्तका सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज सर्वाधिक कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट अगाडि रह्यो । उक्त कम्पनीको ६ लाख ७३ हजार ७०६ कित्ता सेयर ३७ करोड १९ लाख ३३ हजार रुपैयाँमा किनबेच भएको छ ।

यस्तै सोनापुर मिनरल्सको २४ करोड, सन नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ५२ लाख, हिमालयन रिइन्स्योरेन्स १५ करोड ७१ लाख र माउन्टेन इनर्जीको सेयर ११ करोड ११ लाखमा किनबेच भएको छ । बजार बढ्दा पनि २२ कम्पनीको सेयरमूल्य भने घटेको छ । ४ कम्पनीको सेयरमूल्यमा घटबढ भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?