काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अन्याय र अत्याचारका विरुद्ध आफू वा कसैको आदेश नकुरी तत्काल एक्सन लिन प्रहरीहरुलाई निर्देशन दिएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै गृहमन्त्री लामिछानेले कुनै व्यक्ति वा समूूहले गैरकानुनी काम गरेको वा धन्दा चलाएको थाहा पाएमा कसैको आदेश नकुरी कानुनसम्वत रुपमा अघि बढ्न आग्रह गरेका हुन् ।
‘देश भरका सम्पुर्ण राष्ट्रसेवक प्रहरीहरु लाई मेरो अपिल : देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ,कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो ।’ उनले भनेका छन् ।
त्यस्तै आफूलाई प्रहरी कर्मचारीले भन्दा पनि आफूले प्रहरी कर्मचारीलाई सलाम गर्ने गरी काम गर्न निर्देशन दिएका हुन् ।
‘तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस् । मेरो शुभकामना छ। जय नेपाल ( पार्टी वाला होइन, देश वाला)!!’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया