दीपक खड्का कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत

लोकपथ
161
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आमन्त्रित सदस्यमा दीपक खड्का मनोनीत भएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान २०१७ र नियमावली २०६८ बमोजिम संखुवासभाबाट प्रतिनिधि सभामा निर्वाचित खड्कालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) तथा नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ५६ (२) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य पदमा दीपक खड्का (संखुवासभा) लाई मनोनयन गर्नु भएको छ,’ पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?