सेयर बजार बढ्यो, नेप्से परिसूचक २०५२.६५ विन्दुमा

लोकपथ
247
Shares

काठमाडौं । सेयर बजार परिसूचकमा सुधार आएको छ । आइतबार नेप्से २२.१० अंकले बढ्दा परिसूचक २०५२.६५ विन्दुमा आइपुगेको छ ।साताको पहिलो दिन ७० लाख ४३ हजार ४५७ कित्ता सेयर २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५५८ रुपैयाँमा किनबेच भएको छ ।

१९४ कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा छन् । जलविद्युतबाहेक १२ उपसमूहका कम्पनीको सेयर मूल्य बढ्दा परिसूचक सकारात्मक विन्दुमा पुगेको हो । वीन नेपाल लघुवित्त र जाल्पा लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । महुली लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स र उन्नति सहकार्य लघुवित्तको पनि सेयरमूल्य बढेको छ ।

सेयर सर्वाधिक कारोबार भएका कम्पनीको सूचीमा शिवम् सिमेन्ट अग्रणी छ । शिवम्को ४ लाख ३० हजार १ सय १३ कित्ता सेयर २२ करोड ९३ लाख २५ हजार ६ सय ४३ रुपैयाँमा किनबेच भएको छ । किनबेचमा सेयरको अन्तिम मूल्य प्रति कित्ता ५ सय ३७ रुपैयाँ रह्यो । यस्तै सोनापुर मिनरल्सको १८ करोड १३ लाख, जोशी हाइड्रोपावरको ७ करोड ९० लाख र हाथवे इन्भेष्टमेन्टको सेयर ७ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

१९४ कम्पनीको सेयरमूल्य बढ्दा ४६ वटाको भने घटेको छ । ४ कम्पनीको सेयरमूल्य स्थिर रह्यो । सर्वाधिक घट्नेमा चिरख्वा हाइड्रोपावर रह्यो । चिरख्वाका लगानीकर्ताले ७.०६ प्रतिशतले गुमाएका छन् । घट्नेको सूचीमा पिपुल्स हाइड्रोपावर, जोशी हाइड्रोपावर, एनआइसी एसिया ग्रोथ फण्ड–२ र मध्यभोटेकोसी जलविद्युत पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?