महोत्तरीको सम्सी गाउँपालिकाका तत्कालिन अध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

लोकपथ
182
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सम्सी गाउँपालिकाका तत्कालिन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले बाटो निर्माणका क्रममा काम नगरी स्थायी इन्जिनियर भन्दा करारको इन्जिनियरबाट इस्टिमेट र मूल्यांकन गराइ अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।


सुम्सा गाउँपालिकाका तत्कालिन अध्यक्ष शेष फारुक, तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहिबुल अंसारीसहित १० जनाविरुद्ध मुद्धा दायर गर्दै ४ लाख ३ हजार ५ सय ८१ रुपैयाँ बिगो दाबी समेत गरिएको छ ।

आर्थिक वर्ष २०७७÷०७८ मा वडासदस्य बेचन पण्डितको घर हुँदै इदगाहदेखि उमरपुर चौकसम्म पीसीसी ढलान र नाला निर्माण योजनाको लागत अनुमान स्वीकृत गरिएको थियो ।


सो बाटो निर्माणका लागि सम्झौता स्वीकृत गरी कार्यादेश दिएको, गलत नापी किताब, भुक्तानी सम्बन्धी बिल, कार्यसम्पादन प्रतिवेदन स्वीकृत गरेको, गलत लागत अनुमान गरेको, स्वीकृत लागत अनुमान बमोजिम कार्य भएको भनी अनुगमन प्रतिवेदन दिएको, बिल अनुसारको भुक्तानी प्रक्रिया अघि बढाउने निर्णय गरेको साथै उक्त मुद्दाका प्रतिवादी श्यामकिशोर मण्डलले उक्त योजनाको लागत अनुमान तयार गरी गलत नापी किताब, बिल र कार्यसम्पादन प्रतिवेदन तयार गरिएको अख्तियारले जनाएको छ । त्यस्तै प्रतिवादी ओमकुमार महतोले वडा सदस्य बेचन पण्डितको घर हुँदै इदगाहदेखि उमरपुर चौकसम्म योजनाको बिल अनुसार भुक्तानी बढाउन मुनासिव देखिएको रायसहितको टिप्पणी आदेश पेश गरेका थिए । तर स्थलगत अनुमगन समितिले उपभोक्ता समितिलाई ४ लाख ३ हजार ५ सय ८१ बढी रकम दिएको किटानसहित अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को उपदफा ८ बमोजिम सोही परिणामको रकम बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?