काठमाडौं । नवगठित मन्त्रिमण्डलमा ४ जना उपप्रधानमन्त्री बनेका छन् ।
हालको मन्त्रिमण्डलमा प्रधानमन्त्रीपछिको वरियतामा नेकपा एमालेबाट सरकारमा सामेल उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ रहेका छन् ।
त्यस्तै त्यसपछिको वरियतामा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ रहेका छन् । श्रेष्ठ उपप्रधानसहित परराष्ट्रमन्त्री बनेका हुन् ।
त्यस्तै चौथोँ वरियतामा उपप्रधानसहित गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रहेका छन् । भने उपप्रधानमन्त्रीको अन्तिम अर्थात् पाचौँ वरियतामा जसपाका अध्यक्ष उपेन्द्र यादव रहेका छन् । उनले उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका हुन् ।
यसअघि पनि पटकपटक उपप्रधानसहित अन्य मन्त्रालयको जिम्मेवारी प्राप्त गरिसकेका उनी वरियताको सबैभन्दा अन्तिममा रहेका छन् । आइतबार उनले पदभार ग्रहण गरेका छन् । सो क्रममा उनले जनताको काम गर्नका लागि वरियताले खासै असर नगर्ने बताएका छन् ।
यसअघि पनि ४ पटक उपप्रधानमन्त्री बनिसकेको मान्छे वरियताको अन्तिममा रहेको भन्दै पत्रकारले प्रश्न गरेपछि उनले भने, ‘म त ग्रासरुटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराहरुको कुनै थाहा पनि हुँदैन, वास्ता पनि हुँदैन । जनताको सेवा गर्नलाई त्यस्ता कुराहरुमा ध्यान दिएर साध्य छैन ।’
यादवसहित जसपाबाट नवलकिशोर साह सुडीले पनि आजै वन तथा वातावरणमन्त्रीको जिम्मेवारी पाएका छन् । हालको मन्त्रिमण्डलको आकार २२ सदस्यीय बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया