जसपाका मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ, सरकारमा ४ उपप्रधानमन्त्री

लोकपथ
308
Shares

काठमाडौं । जनता समाजवादी पार्टीबाट सरकारमा सामेल भएका मत्रीहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

केहीबेरअघि जसपाका अध्यक्ष समेत रहेका उपेन्द्र यादवले उपप्रधान एवं स्वास्थ्यमन्त्रीको शपथ ग्रहण गरेका छन् ।


राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच यादवले शपथग्रहण गरेका हुन् ।


त्यस्तै जसपाबाटै सरकारमा सामेल भएका मन्त्री नवलकिशोर साह सुडीले शपथग्रहण गरेका हुन् । उनले वन तथा वातावरणमन्त्रीको शपथ ग्रहण गरेका हुन् ।


यससँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा ४ जना उपप्रधानमन्त्री भएका छन् । भने २२ जनाको मन्त्रिमण्डल बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?