इन्डोनेसियामा भारी वर्षापछिको बाढी र पहिरोमा तीन जनाले ज्यान गुमाए, दश जना बेपत्ता

लोकपथ
65
Shares

काठमाडौं । अत्याधिक वर्षापछिको बाढी र पहिरोमा परेर इन्डोनेसियामा थप तीन जनाको मृत्यु भएको छ । घटनामा १० जना बेपत्ता भएका छन् ।

स्थानीय विपद् व्यवस्थापन निकायका एक वरिष्ठ अधिकारीले पश्चिमी सुमात्रामा घटना भएको जानकारी गराएका छन् ।

बिहीबारको भारी वर्षाले प्रान्तका १० जिल्ला र सहरमा बाढी र पहिरोको कारण पुलहरू भत्किएका र घरहरू डुबानमा परेको प्रान्तीय विपद् व्यवस्थापन तथा न्यूनीकरण एजेन्सी फजर सुकमाको आपतकालीन इकाईका प्रमुखले बताएका छन् ।

बाढीले सडक डुबानमा परेको, यातायात अवरुद्ध भएको र हजारौं मानिस प्रभावित र विस्थापित हुन बाध्य भएको उनले बताए । ‘पेसिसिर सेलाटन रिजेन्सीमा एक जनाको मृत्यु भएको छ भने अनय नौ जना बेपत्ता भएका छन्, र परियामन रिजेन्सीमा दुई जनाको मृत्यु भएको छ र अर्का एक जना बेपत्ता छन्,’ उनले भने ।

सुकमाले बिहीबारबाट बाढी सुरु भएपनि अहिले पानी कम हुन थालेको र  विपद् प्रभावित क्षेत्रमा खाद्यान्न, कम्बल, औषधि र अन्य सामग्री पु¥याइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?