गाजामा एयरड्रप सुविधामा लापर्वाही हुँदा पाँच नागरिकको ज्यान गयो

लोकपथ
273
Shares

काठमाडौं । गाजामा पठाइएको सहायता सामग्रीले लागेर ५ जनाको मृत्यु भएको छ । प्यारासुटबाट गाजा स्ट्रिपमा पठाइएको सहायता सामग्री लिनका लागि लाइन लागेकाहरुको मृत्यु प्यारासुटबाट खसेका सामग्रीले लागेर भएको हो । प्यारासुट नखुल्दा उक्त सामग्री मानिसमाथि खसेको थियो । घटनामा कयौं घाइते पनि भएका छन् ।

गाजाले एक विज्ञप्ति जारी गर्दै गाजा स्ट्रिपमा रहेको एयरड्रप सुविधा नागरिकको जीवनका लागि खतरनाक भएको चेतावनी दिएको छ । प्यारासुट नखुलेपछि पार्सल सिधै सर्वसाधारणको टाउकोमा खसेको थियो । लापरवाहीका कारण पाँच जनाको मृत्यु भएको छ । सोही क्रममा धेरै मानिसहरु घाइते भएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै गाजामा मानवीय सहायताका लागि एयरड्रप सुविधा सुरु गर्ने घोषणा गरेका थिए । ह्वाइट हाउसको ओभल अफिसमा इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीसँगको भेटमा एयरड्रप सुविधा सुरु गर्ने घोषणा गरिएको थियो । एयरड्रपको उद्देश्य गाजामा प्यालेस्टिनी जनतालाई आवश्यक मानवीय सहायता प्रदान गर्नु हो ।

हमासले यो इजरायलले जेरुसेलमको अल–अक्सा मस्जिदको अपमानको बदला भएको बताएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?