जनकपुरका शिवालयहरुमा बिहानैदेखि भक्तजनहरुको भीड (फोटोफिचर)

लोकपथ
0
Shares

जनकपुरधाम । महाशिवरात्रि हिन्दु धर्मावलम्बीहरुले भगवान शिवको पुजापाठ गरी महाशिवरात्रि पर्व मनाउँदै छन् । हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन यो पर्व मनाइन्छ । आज बिहान र दिनभर त्रयोदशी तिथी भएपनि रातको समय चतुर्दशी भएकाले यसै दिनलाई महाशिवरात्रि मानिएको हो ।

महाशिवरात्रिको अवसरमा बिहानैदेखि जनकपुरधाम शिव मन्दिर, कपिलेश्वरनाथ महावेदव, क्षीरेश्वरनाथ महादेव, हठिपुरस्थित मङलेश्वरनाथ महावेदव, भुवनेश्वरनाथ महादेव, महोत्तरीको जलेश्वरनाथ, टुटेश्वरनाथ लगायत शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

जटाधारी, निलकण्ठ, भोले बाबा, देवादी देव महादेव, शंकर, कैलाशपतिलगायत विभिन्न नामले पुकारिने शिवको प्यारो दिन भनेर महाशिवरात्रिलाई मानिन्छ । पार्वतीसँग विवाह भएको दिनका रूपमा पनि लिइने यस दिनलाई शिवभक्तले विशेष महत्वको रुपमा मनाउने गरेका छन् ।

This image has an empty alt attribute; its file name is 431644988_2722300841255415_5408839603806529896_n-768x432.jpg

महाशिवरात्रिको अवसरमा जनकपुरधामका बिभिन्न युवा क्लब र सुरक्षाकर्मीहरुले भक्तजनहरुको सुविधालाई ध्यानमा राख्दै शिव मन्दिरहरुमा राम्रो व्यवस्थापन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?