शेयर बजार दुई अङ्कले घट्यो

काठमाडौं । शेयर बजारमा आज ‘बिहीवार’ कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २ दशमलब २९ अङ्कले घटेर एक हजार ३१८ दशमलब ७१ बिन्दुमा झरेको छ । 

त्यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलब ८१ अङ्कले घटेर २८१ दशमलब ४४ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार आज कूल १७३ कम्पनीको २९ लाख ९२ हजार ६६३ किक्ता शेयर ९४ करोड ७६ लाख ५६ हजार ५१६ मूल्यमा खरीद बित्री भए ।

कारोवार भएका कूल ११ उपसमूहमध्ये आज ‘बिहीवार’ पाँच उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर घटेको छ । 

नेप्सेका अनुसार विकास बैंक २१ दशमलब २५, वित्त २ दशमलब ८४, निर्जीवन बीमा २७ दशमलब २७, उत्पादन ९९ दशमलब ७४ र सामूहिक लगानी कोष ० दशमलब ०१ बिन्दुले बढेको हो । त्यस्तै बैंकिङ ८ दशमलब २४, होटल १२ दशमलब ५६, जलविद्युत् १ दशमलब १३, अन्य ० दशमलब ३१, लघुवित्त ५ दशमलब २३ र जीवन बीमा १२ दशमलब ४० अङ्कले घटेको छ ।

कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा पुगेको छ । लगातार उकालो लाग्दै आएको शिवम्को शेयर प्रतिकित्ता ५७२ मा १३ करोड ४१ लाख आठ हजार ४१५ मा कारोवार भयो । 

त्यस्तै नेपाल बैंक लिमिटेडको प्रतिकित्ता ३१९ मा छ करोड ८१ लाख २१ हजार ३ सय , एनसिसी बैंकको प्रतिकित्ता २६० मा पाँच करोड २१ हजार ३९९ मा कारोवार भयो ।

कृषि विकास बैंकको चार करोड ८१ लाख २० हजार ९३३, एशिएन लाइफ इन्स्योरेन्स कम्पनीको तीन करोड ६८ लाख ८९ हजार ६ सय, प्रिमियर इन्स्योरेन्स कम्पनीको तीन करोड ५७ लाख २९ हजार २२८ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहेको छ । 

नेप्सेका अनुसार शिवम् सिमेन्टका शेयरधनीले आज ‘बिहीवार’ पनि दश प्रतिशतले कमाए ।

मल्टीपर्पोज फाइनान्स कम्पनी ९ दशमलब ६६, कर्णाली डेभलपमेन्ट बैंक ९ दशमलब १८, आइएमई जनरल इन्स्योरेन्स ७ दशमलब ०८, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयरधनी ६ दशमलब ३५ र महालक्ष्मी विकास बैंकका शेयरधनीले ५ दशमलब २१ प्रतिशतले कमाएका छन् । 

त्यस्तै कृषि विकास बैंक ३ दशमलब ८८, कर्पोरेट डेभलपमेन्ट बैंक ३ दशमलब ८०, प्रोग्रेसिभ फाइनान्स ३ दशमलब ७७, ग्लोबल आइएमइ समुन्नति स्किम ३ दशमलब ७६ र उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ३ दशमलब ७४ प्रतिशतले गुमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?