मदन भण्डारी स्मृति फुटबल शुक्रवारदेखि शुरु हुने


लोकपथ
प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहीबार ०९:४३

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन काठमाडौं विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटीको आयोजनामा भोलि ‘शुक्रवार’देखि १५ दिनसम्म मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता हुने भएको छ ।

काठमाडौं विश्वविद्यालय धुलिखेलको खेल मैदानमा नकआउटका आधारमा हुन लागेको सो प्रतियोगितामा विभिन्न जिल्लाका गरी २४ वटा समूहले नाम दर्ता गरिसकेको आयोजक समितिका संयोजक प्रविण ज्ञवालीले बताए ।

‘हामीले आह्वान गरेको हिजोसम्मको समयसीमाभित्रमा २४ वटा समूहले नाम दर्ता गरिसकेका छन्’, संयोजक ज्ञवालीले भने, ‘नाम दर्ताका लागि प्रति समूह १० हजार शुल्क निर्धारण गरिएको थियो ।’

प्रतियोगितामा विजयी समूहले नगद ५० हजार र उपविजेताले ३० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि १५ लाख २१ हजार खर्च लाग्ने अनुमान गरिएको ज्ञवालीले बताए । 

यसरी आयोजना गरिएको प्रतियोगिता दोस्रो पटकको हो । गत वर्षमा गरेको पहिलो प्रतियोगितामा १६ वटा समूहले भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
पोखरामा राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता हुने

काठमाडौं । पोखरामा यही साउन ७ देखि ९ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

एसीसी कप क्रिकेट एक साता पछि सर्यो

काठमाडौं । श्रीलंकामा आयोजना हुन लागेको नेपालसहित एसियाका राष्ट्रले प्रतिस्पर्धा गर्ने एसीसी यू-१९

इन्टरनेशनल च्याम्पियन्स कपमा आर्सनलको सहज जित

एजेन्सी । इन्टरनेशनल च्याम्पियन्स कपमा आर्सनलले फ्लोरेन्टिनासँग सहज जित हात पारेको छ ।

अझै टुंगो लागेन नेपाली क्रिकेट माथिको निलम्बन

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसी ले नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन