काठमाडौं । नेकपा एमालेले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गर्ने निर्णय गरेको छ ।
आज बसेको पार्टीको सचिवालय बैठकले आगामी वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बस्ने निर्णय गरेको हो ।
त्यस्तै आजको बैठकले वैशाख १० गते पार्टी स्थापना दिवसको अवसरमा विशेष समारोहको आयोजना गरिने समेत गरेको छ ।
साथै नयाँ समीकरण अनुसार सरकारमा सामेल भएको एमालेले सरकारलाई सघाउन सबै दलहरुलाई आग्रह समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया