वर्ल्डलिंक कम्पनीको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ


लोकपथ
प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहीबार ०७:४५

काठमाडौं । वर्ल्डलिंक कम्पनीको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

कम्पनीका पूर्व रिटेल्स सेल्स एसिसटेन्ट काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ५ घर भई हाल काठमाडौं महानगरपालिका ठमेल बस्ने १८ वर्षीय सुशान्त ओझा भन्ने निरज कुईकेललाई बुधवार प्रहरीले पक्राउ गरेको हो । 

उनले कम्पनीको मोवाइल र परिचयपत्रको दुरुपयोग गरी काठमाडौंका विभिन्न स्थानमा गई ईन्टरनेट जोड्ने, रकम असुली गर्ने, पैसा नदिए लाईन काट्ने लगायतका कार्य गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो । 

ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकको रिटेल्स सेल्स एसिसटेन्टमा कार्यरत रहेका कुईकेलले २०७५ माघबाट कम्पनीमा काम गर्न छोडेको र त्यसपछि १५ जना भन्दा बढी पुराना सेवाग्राहीहरु र नयाँ ग्राहक समेत बनाई अबैध रुपमा ६५ हजार रुपैयाँ भन्दा बढी रकम असुल गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सो महाशाखाले जनाएको छ ।

कुईकेललाई ठगी मुद्दा अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको सो महाशाखाले जनाएको छ ।

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 18 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

Tags :
प्रतिक्रिया दिनुहोस
एनसेल लाभकर विवादः सर्वोच्चले तेस्रोपटक पनि सार्‍यो निर्णय सुनाउने मिति

काठमाडौं । सर्वोच्च अदालतले निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत

विदेशी बैंकमा पैसा राख्ने नेपालीको खोजी गर्न छः अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशी बैंकमा पैसा राख्ने नेपालीको खोजी गर्न

फाष्ट ट्र्याकको डीपीआर स्वीकृत

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौं (तराईरमधेश द्रुतमार्ग (फाष्टट्र्याक)को विस्तृत आयोजना

परिक्षण नगरिएका खसीबोका नेपाल भित्रिन दिँदैनः कृषि मन्त्री खनाल

काठमाडौं । कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले स्वस्थ परिक्षण नगरिएका खसीबोका