१९ मङ्सिर २०७९, सोमवार

क्रान्तिकारी अध्यक्ष ओलीलाई र अखिल अध्यक्ष प्रचण्डलाई जिताउन लाग्ने

२०७४,कार्तिक,१२,आईतवार ११:२९

0
Shares

१२ कार्तिक,पोखरा अखिल(क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले आफू एमाले अध्यक्ष केपि ओलीलाई जिताउन र अनेरास्ववियु अध्यक्ष नविना लामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जिताउन लाग्ने सहमति भएको वताएका छन्आज क्रान्तिकारीको प्रदेश नं.४ को विस्तारित वैठक एवं प्रशिक्षणमा मा वोल्दै क्रान्तिकारी अध्यक्ष तामाङले भने -‘ वाम गठवन्धन इतिहासको आवश्यकता हो। यसलाई सफल पार्न हामी दुवै अखिल सशक्त रुपमा लाग्छौं।’वाम एकतालाई सफल पार्ने क्रममा नै अनेरास्ववियु अध्यक्ष नविना लामा प्रचण्ड जिताउन चितवन जाने र केपि ओली जिताउन आफू झापा जाने वताए।तामाङले दुवै विद्यार्थी संगठनको चांडै संयुक्त वैठक बस्ने जानकारी दिएक्रान्तिकारी यतिबेला सातैवटा प्रदेश र एक विश्वविद्यालय समितिको विस्तारित वैठक र प्रशिक्षणको अभियानमा जुटेको उपाध्यक्ष सुरेन्द्र बस्नेतले जनाएत्यस अन्तर्गत ११ गते ५ नं. प्रदेशको र १२ गते ४ नं. प्रदेशको प्रशिक्षण सम्पन्न भएको छ। ४ नं. प्रदेशको प्रशिक्षणमा अध्यक्ष तामाङ सहित उपाध्यक्षहरु सुरेन्द्र बस्नेत,दिपक देवकोटा ,विजय गौतम,इन्द्र भुषाल,महासचिव उत्तम अधिकारी लगायतले प्रशिक्षण मन्तब्य राखेका थिएभेलावाट ४ नं . प्रदेशमा सचिव क्षितिज सापकोटाको संयोजकत्वमा १५१ सदस्यीय र ५ नं.प्रदेशमा सचिव नारायण आचार्यको संयोजकत्वमा १५१ सदस्यीय प्रदेश भेला आयोजक समिति गठन भएको छ। वांकी प्रदेशमा १३ गते १ नं. , १४ गते २ नं. र १५ गते ३ नं. र विश्वविद्यालय प्रदेशको प्रशिक्षण हुनेछ।

प्रकाशित मिति: २०७४,कार्तिक,१२,आईतवार ११:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

म्याग्दी । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ मा पर्ने दर्मिजा गाउँमा हालै सम्पन्न गाउँलेको भेलाले रैथाने खाद्यान्न र ज्यामी मजदुरको दरभाउ

काठमाडौं । गण्डकी प्रदेशका पूर्व भौतिक पूर्र्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले अन्याय नै भए पनि आफूले

काठमाडौं । तीन वटा निर्वाचन क्षेत्र भएको कास्कीको सबै निर्वाचन क्षेत्रमा महिला मतदाता बढी रहेका छन् । निर्वाचन आयोगका अनुसार

कास्की । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको कास्कीमा सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेश निर्वाचन

ताजा समाचार

रिलायन्स फाईनान्स १४ औँ वर्षमा प्रवेश
 २०७९,मङ्सिर,१९,सोमवार १९:४८