एनआईसी बैंकका ग्राहकलाई अल्का अस्पतालमा २० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंक र अल्का अस्पतालबीच बैंकका सम्पूर्ण ग्राहकहरुलाई अल्का अस्पतालम उपचार गराउँदा विभिन्न सेवामा २० प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको छ । 

सम्झौता अनुसार एनआईसी एशिया बैंकका ग्राहकले अल्का अस्पतालको डिस्काउन्ट कार्ड प्रयोग गरी बैंकको डेबिट एवं क्रेडिट कार्डमार्फत् उपचार शुल्क भुक्तानी गर्दा २०% सम्म छुट प्राप्त गर्न सक्नेछन् । 

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र अल्का अस्पतालको तर्फबाट अस्पतालका कार्यकारी निर्देशक श्रीमती विद्या श्रेष्ठ थापा र प्रशासन प्रमुख रोजिका प्रधानले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ८३ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 

करिब १६ लाख ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 18 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?