कृषि विकास बैंकद्वारा महिला फुटबल खेलाडीसहित सम्पूर्ण टोलीलाई नगद हस्तान्तरण

लोकपथ
390
Shares

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले महिला फुटबल टोलीसहित प्रशिक्षक लगायतलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।


बैंकले फेब्रुअरी १९ देखी २९ सम्म साउदी अरबमा भएको west Asian Football Federation Women’s Championship 2024 काे उपविजेता बनेको महिला फुटबल टोलीसहित प्रशिक्षक लगायत टिमलाई प्रोत्साहनस्वरुप नगद ६ लाख ७० हजार हस्तान्तरण गरेको हो ।


बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम उपलब्ध गराएको जनाएको छ ।


बैंकका अनुसार २३ जना खेलाडीहरुलाई जनही २५ हजार, मुख्य प्रशिक्षकलाई १५ हजार, ३ प्रशिक्षकलाई जनही १० हजार प्रदान गरिएको हो । त्यस्तै टिम म्यानेजर, फिजियोथेरापिस्ट, एन्फा, हेड अफ डेलिगेट्स र अफिसियललाई जनही १०÷१० हजारको दरले हस्तान्तरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?