सुनको भाउ बढ्यो, तोलामा कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बुधवारको तुलनामा बिहिबार सुनको भाउ एक सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाल सुन तोलामा ६० हजार ७ सयमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन तोलामा ६० हजार ६ सयमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलामा ६० हजार ४ सयमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्यमा तोलामा ७ सय २५ मा कारोबार भइरहेको छ ।