क्रान्तिकारी अध्यक्ष ओलीलाई र अखिल अध्यक्ष प्रचण्डलाई जिताउन लाग्ने

१२ कार्तिक,पोखरा अखिल(क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले आफू एमाले अध्यक्ष केपि ओलीलाई जिताउन र अनेरास्ववियु अध्यक्ष नविना लामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जिताउन लाग्ने सहमति भएको वताएका छन्आज क्रान्तिकारीको प्रदेश नं.४ को विस्तारित वैठक एवं प्रशिक्षणमा मा वोल्दै क्रान्तिकारी अध्यक्ष तामाङले भने -‘ वाम गठवन्धन इतिहासको आवश्यकता हो। यसलाई सफल पार्न हामी दुवै अखिल सशक्त रुपमा लाग्छौं।’वाम एकतालाई सफल पार्ने क्रममा नै अनेरास्ववियु अध्यक्ष नविना लामा प्रचण्ड जिताउन चितवन जाने र केपि ओली जिताउन आफू झापा जाने वताए।तामाङले दुवै विद्यार्थी संगठनको चांडै संयुक्त वैठक बस्ने जानकारी दिएक्रान्तिकारी यतिबेला सातैवटा प्रदेश र एक विश्वविद्यालय समितिको विस्तारित वैठक र प्रशिक्षणको अभियानमा जुटेको उपाध्यक्ष सुरेन्द्र बस्नेतले जनाएत्यस अन्तर्गत ११ गते ५ नं. प्रदेशको र १२ गते ४ नं. प्रदेशको प्रशिक्षण सम्पन्न भएको छ। ४ नं. प्रदेशको प्रशिक्षणमा अध्यक्ष तामाङ सहित उपाध्यक्षहरु सुरेन्द्र बस्नेत,दिपक देवकोटा ,विजय गौतम,इन्द्र भुषाल,महासचिव उत्तम अधिकारी लगायतले प्रशिक्षण मन्तब्य राखेका थिएभेलावाट ४ नं . प्रदेशमा सचिव क्षितिज सापकोटाको संयोजकत्वमा १५१ सदस्यीय र ५ नं.प्रदेशमा सचिव नारायण आचार्यको संयोजकत्वमा १५१ सदस्यीय प्रदेश भेला आयोजक समिति गठन भएको छ। वांकी प्रदेशमा १३ गते १ नं. , १४ गते २ नं. र १५ गते ३ नं. र विश्वविद्यालय प्रदेशको प्रशिक्षण हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?