हुम्लामा सिटिजन्स बैंक इन्टरनेसनलको ६४ औं शाखा

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६४ औं शाखा हुम्लाको सर्केगाडमा संचालनमा ल्याएको छ । कात्तिक ९ गते बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरेका हुन् । उक्त समारोहमा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु साथै नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो । हुम्लाको सदरमुकाम सिमिकोटबाट ४१ कि.मी दुरीमा रहेको शाखाको सुरुवात गर्दै गर्दा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत देवकोटाले देश संघीयतामा गए संगै दुरदराजका नेपाली जनतालाई बैंकिंग सुबिधा संग पहँुच पुर्याउन बैंक कटिबद्ध भएर लागीपरेको कुबताए । उक्त शाखाका इन्चार्ज अर्जुन रावलले सो क्षेत्रमा कृषि कर्जा, पशु पालन लगायतका क्षेत्रमा प्रश्स्त लगानी गर्ने बैंकको उदेश्य रहेको बारेमा जानकारी दिए । मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा सहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति अब आउने निकट भविष्यमानै बैंकलेझापाको हल्दिबारी, महोतरीको औरही, र दांङको बंगलाचुलीमा थप शाखा संचालन गर्ने योजना अगाडी सारेको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले जानकारी दिए । बैंकले ६४ वटा शाखा, ६२ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवाप्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?