सरकारमा सहभागी हुँदै जसपा, स्वास्थ्य मन्त्रीमा उपेन्द्र यादव

लोकपथ
28
Shares

काठमाडौं । उपेन्द्र यादवको नेतृत्वमा जनता समाजवादी पार्टी जसपा सरकारमा सहभागी हुने भएको छ ।

अध्यक्ष यादव उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेर सरकारमा सहभागी हुने भएका हुन् ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको पार्टी प्रवक्ता मनिष सुमनले बताए ।

उनले भने, ‘एक प्रकारले हामीले सरकारलाई समर्थन दिएकै थियौं । सरकारमा थोरै फेरबदल कांग्रेसको बहिर्गमन र नेकपा एमालेको आगमनलाई हामीले सहजै स्विकार गरेर आठ बुँदे सहमति नै गरेका छौं । प्रधानमन्त्री तथा अन्य दलहरुको आग्रहमा हामी सरकारमा जाने भएका छौं ।’

कुन–कुन मन्त्रालयमा को जानेबारे छलफल गरेर प्रधानमन्त्रीलाई दिने र यसका लागि सर्वाधिकार अध्यक्ष यादवलाई दिइएको प्रवक्ता सुमनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?