काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मधेशवादी दलसँग छलफल थालेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर नयाँ समीकरण अनुसार अघि बढेपछि देउवा मधेशवादी दलसँग छलफलमा जुटेका हुन् ।
देउवा निवास बुढानिलकण्ठमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरी र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग छलफलमा जुटेका हुन् ।
सो छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, वरिष्ठ नेता डा. शेखर कोइराला, प्रमुख सचेतक रमेश लेखक पनि सहभागि रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया