एकीकृत समाजवादीका कारण सर्यो शपथग्रहणको समय

लोकपथ
1.5k
Shares

काठमाडौं । नयाँ मन्त्रीहरुको शपथग्रहणको समय सरेको छ ।

अपरान्ह ५ बजेका लागि शपथग्रहण भनिए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एकीकृत समाजवादीका मागबारे छलफलमा रहेका कारण शपथग्रहणको समय सारिएको हो । अब ५ः४५ मा शपथग्रहण हुने प्रधानमन्त्री कार्यालयले शीतल निवासलाई जानकारी गराएको छ ।

लामो समयपछि एकीकृत समाजवादी पनि सरकारमा सामेल हुने भएको छ । केहीबेरअघि बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले स्पष्ट भूमिकासहित सरकारमा सहभागि हुने निर्णय गरेको छ । एसले विभिन्न ४ मागहरु अघि सारेको छ । ती विषयहरुमा प्रधानमन्त्री सकारात्मक भएपछि मात्रै सरकारमा सामेल हुने भनिएको हो ।

सचिवालय बैठकपछि उपाध्यक्ष प्रवेश हमाल र महासचिव घनश्याम भुसाललाई लिएर अध्यक्ष नेपाल बालुवाटार पुगेका छन् । अहिले प्रधानमन्त्रीसँग छलफल चलिरहेको छ ।

त्यसो त सरकारमा सहभागि हुने माओवादीसहित अन्य दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेले मन्त्री र मन्त्रालयको समेत टुंगो लगाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?