एकीकृत समाजवादी सरकारमा जाने, एक प्रदेशको मुख्यमन्त्रीसमेत दाबी

लोकपथ
1.1k
Shares

काठमाडौं । नयाँ सत्ता समीकरणमा नेकपा एकीकृत समाजवादी पनि सहभागि हुने भएको छ ।


सचिवालय बैठक चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर सरकारमा सहभागी हुने जानकारी गराइएको हो ।


नेकपा एसले संघीय मामिला तथा सामान्य प्रशासनसहित दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुने र आजै मन्त्रीहरुको शपथग्रहण समेत हुने जनाइएको छ ।


नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका अन्य कतिपय शर्तहरुका बारेमा पछि छलफल हुने नेताहरुले बताएका छन् ।
प्रदेश सरकारमा समेत एक मुख्यमन्त्री नेकपा एसले दाबी गरेको छ । त्यसमा गठबन्धनका शीर्ष नेता सकारात्मक छन् ।


नयाँ सत्ता समीकरण बनेपछि बुधबार राती प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष नेपाललाई सरकारमा आउन आग्रह गरेका थिए । त्यसो त गठबन्धनबाट छुटेका कांग्रेस सभापति शेरबहादुर देउवाले आजै बिहान भेटेर नयाँ समीकरण अनुसार अघि बढ्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?