माओवादीमा टुंगियो भागबण्डा : अर्थमा वर्षमान, परराष्ट्रमा नारायणकाजी

लोकपथ
1.5k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा सामेल हुने मन्त्रीहरुको टुंगो लगाएको छ ।


माओवादीले केही मन्त्रीहरुलाई दोहोर्याउने भएको छ भने केही नयाँ मन्त्री ल्याउने भएको हो ।


जसअनुसार यसअघि उपप्रधान तथा गृहमन्त्री रहेका नारायणकाजी श्रेष्ठ उपप्रधानसहित परराष्ट्रमन्त्री बन्नेछन् । त्यस्तै अर्थमन्त्रीमा वर्षमान पुन आउन लागेका छन् ।


त्यस्तै यसअघिको गठबन्धनमा उर्जामन्त्री रहेका शक्ति बस्नेत सोही मन्त्रालयको जिम्मेवारीमा रहनेछन् भने यसअघि सञ्चार एवं सूचनाप्रविधिमन्त्री रेखा शर्मा समते सोही मन्त्रालयको जिम्मेवारीमा रहनेछिन् ।


सोमबार नै बिनाविभागीय मन्त्रीको रुपमा सपथ ग्रहण गरेका हितबहादुर तामाङको भने जिम्मेवारी तोकिएको छैन । यता गठबन्धनमा सामेल रहेको दल एमालेले रघुवीर महासेठको नेतृत्वमा पार्टीलाई सरकारमा पठाउने भएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि पाएको ४ सिट अनुसार मन्त्रालयको भागबण्डा मिलाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?