स्याउ खेतीमा आत्मनिर्भर बनाइने


लोकपथ
प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार ०९:४५

जुम्ला । जुम्ला जिल्लालाई स्याउखेतीमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ खेतीका लागि ‘स्याउ सुपरजोन कार्यक्रम’ले यस्तो लक्ष्य राखेको हो ।

स्याउ सुपरजोन कार्यक्रमले कृषक समूह, सहकारी, सरोकारवाला निकायसँग आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन गरेको हो । जुम्लालाई स्याउ खेतीमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ गाउँस्तरमा रहेका समूह, सहकारी, कृषक र सम्बन्धित पक्षसँग स्याउ सुपरजोनले परार्मश गर्दै आएको छ । 

खाली जमीनमा बढी स्याउ खेती गर्ने कृषकलाई विशेष प्राथमिकतामा राख्दै कार्यक्रम सञ्चालन गर्ने स्याउ सुपरजोनको लक्ष्य छ । जिल्लाका तीन गाउँपालिका र एक नगरपालिकाका कृषकले स्याउ खेतीका लागि सुपरजोनबाट सहयोग लिने व्यवस्था छ ।

कृषकलाई गुणस्तरीय स्याउ उत्पादन र बजारीकरणमा सुपरजोनले सहयोग गर्दै आएको कार्यालय प्रमुख टीकाराम शर्माले बताए । जुम्लालाई स्याउ ब्लक क्षेत्रका रुपमा विकास गर्नुपर्ने प्रमुख शर्माले जानकारी दिए ।

कृषकले माग गरेको योजनालाई सुपरजोनले सम्बोधन गर्ने बताइएको छ । स्याउको बजारीकरणमा ध्यान दिनुपर्ने कृषकको सुझाव छ । स्याउ सुपरजोन सञ्चालक समितिका संयोजक मीनबहादुर डाँगीले कृषकको मागमा आधारित भएर कार्यक्रम सञ्चालन गरिएको बताए ।

जिल्लालाई स्याउ पकेट क्षेत्रका रुपमा विकास गर्न कृषक नै बढी सक्रिय हुन आवश्यक रहेको उनको भनाइ छ । जुम्लाका १८ हजार घरधुरीमध्ये १६ हजार घरधुरीमा स्याउको बगैँचा रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ भने यस वर्ष करीब ३३ करोडको स्याउ बिक्री वितरण भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस
एनसेल लाभकर विवादः सर्वोच्चले तेस्रोपटक पनि सार्‍यो निर्णय सुनाउने मिति

काठमाडौं । सर्वोच्च अदालतले निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत

विदेशी बैंकमा पैसा राख्ने नेपालीको खोजी गर्न छः अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशी बैंकमा पैसा राख्ने नेपालीको खोजी गर्न

फाष्ट ट्र्याकको डीपीआर स्वीकृत

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौं (तराईरमधेश द्रुतमार्ग (फाष्टट्र्याक)को विस्तृत आयोजना

परिक्षण नगरिएका खसीबोका नेपाल भित्रिन दिँदैनः कृषि मन्त्री खनाल

काठमाडौं । कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले स्वस्थ परिक्षण नगरिएका खसीबोका