रवि उपप्रधानसहित गृहमन्त्री, रास्वपाबाट अरु को-को बन्दैछन् मन्त्री ?

लोकपथ
546
Shares
{“caption”:”u0909u092au092au094du0930u0927u093eu0928 u0924u0925u093e u0917u0943u0939u092eu0928u094du0924u094du0930u0940 u0930u0935u093f u0932u093eu092eu093fu091bu093eu0928u0947 u0964 u0924u0938u094du092cu093fu0930 : u0939u0947u092eu0928u094du0924 u0936u094du0930u0947u0937u094du0920/u0915u093eu0928u094du0924u093fu092au0941u0930″,”photographer”:””,”alt_text”:””}

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधान तथा गृहमन्त्रीसहित ४ मन्त्रालय पाउने भएको छ ।
जसमा युवा तथा खेलकुद, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय रहेको छ ।


आज बसेको गठबन्धन बैठकको निर्णय अनुसार रास्वपाबाट उपप्रधानसहित गृहमन्त्रीमा रवि लामिछाने, श्रम तथा रोजगारमा डिपी अर्याल, खेलकुद मन्त्रीमा विराजभक्त श्रेष्ठ र शिक्षामन्त्रीमा सुमना श्रेष्ठ रहेकी छिन् ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोड्दै एमाले रास्वपासहितको गठबन्धन बनाएसँगै रास्वपा सरकारमा सामेल भएको हो। यसअघि नै रास्वपाका उपसभापति समेत रहेका सांसद डोलप्रसाद अर्याललाई सरकारमा रास्वपाले पठाइसकेको छ । बिनाविभागीय मन्त्रीको रुपमा एक मन्त्री पठाइसकेको रास्वपाले मुख्य त गृहमा दाबी गरिरहेको थियो । गृहमा एमाले माओवादी र रास्वपासहितको दाबी रहेको थियो ।

लामिछाने यसअघि नै गृहमन्त्री रहेका थिए । नागरिकता विवादका कारण छोटो समयमा नै गृहमन्त्रीबाट बाहिरिएका थिए । त्यस्तै अहिले श्रम तथा रोजगार मन्त्री बन्न लागेका डिपी अर्याल यसअघि पनि सोही मन्त्रालयको जिम्मेवारीमा रहेका थिए ।
यता युवा तथा खेलकुदमन्त्री बन्न लागेका विराजभक्त श्रेष्ठ र शिक्षामन्त्री बन्न लागेकी सुमना श्रेष्ठ भने पहिलोपटक मन्त्री बन्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?