भोलिबाट ‘नेपाल चेम्बर एक्स्पो २०२४’ हुँदै, यस्ता छन् आकर्षणहरु

लोकपथ
91
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा फागुन २४ गते बिहीबारबाट ‘नेपाल चेम्बर एक्स्पो २०२४’ सुरू हुँदैछ ।

५ दिनसम्म राजधानीको भृकुटीमण्डपमा चल्ने एक्स्पोमा विभिन्न आकर्षणहरु रहेको बताइएको छ ।

जसमा ५ रियलस्टेट कम्पनिका आकर्षक प्रपर्टिहरू प्रदर्शन गरिने आयोजकको भनाइ रहेको छ ।

एक्स्पोमा नेपाल ल्यान्ड एन्ड हाउजिङ डेभलपर्स एसोसिएसनले साना तथा ठूला घरजग्गा व्यवसायी र खरिदकर्ता तथा बिक्रेतालाई लक्षित गर्दै रियलस्टेट मार्ट स्टल पनि उपलब्ध गराउनेछ ।

त्यस्तै सीडी ग्रुप, रोड सो रियल इस्टेट, कन्टिनेन्टल डेभलपर, नेपाल रियल इस्टेट मार्ट, लगायतका रियलस्टेट कम्पनी तथा डेभलपरहरूको सहभागिता रहनेछ ।

एक्स्पोमा आउने अवलोकनकर्ताहरूले प्लटिङ, हाउजिङ, भिल्लाहरूको बारेमा जानकारी लिन सक्ने बताइएको छ ।

बसोबास नेपालले एक्स्पोमा सहभागी रियलस्टेट कम्पनी तथा डेभलपरहरूको प्रतिनिधित्व गर्नेछ ।

एक्स्पो फागुन २४ गतेदेखि २८ गतेसम्म भृकुटिमण्डपमा चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?