मिटरब्याज पीडित भन्छन्-‘हामी गणतन्त्र विरोधी होइनौं, न्यायका लागि आएका हौं'(तस्बीरहरु)

लोकपथ
39
Shares

काठमाडौं । मिटर ब्याज र ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिले मिटर ब्याज विरुद्ध न्याय मार्चको तेस्रो चरणको कार्यक्रम अन्तर्गत ३७ औं दिन ‘बालुवाटार मार्च’गरेका छ ।

बुधबार संघर्ष समितिले फाल्गुण १३ देखि २१ गतेसम्म ५ पटक वार्तामा बस्दा पनि सरकारसँग सकारात्मक वार्ता हुन नसेकाले आन्दोलनलाई थप सशक्त बनाउन बाहेकको विकल्प नरहेको भन्दै भृकुटीमण्डपदेखि बालुवाटारसम्म मार्च गरेको हो ।
मार्च कार्यक्रममा सहभागी मिटर ब्याजपीडित मेहु गिरीले सरकारले आफूहरूको आन्दोलनमा अवरोध पु¥याएर झन पीडित बनाएको गुनासो गरे ।

एक लाख रुपैयाँ साहुबाट ऋण लिएर चार लाख बुझाएपछि पनि साहुले जग्गा नै लिलामी गरिदिएको भन्दै उनले न्यायाधीशले समेत घुस खाएकाले न्यायप्रति नै आशा मरेको बताए ।

उनले भने, ‘हामी यहाँ पनि पीडित भइरहेको छौं । प्रशासनले ठाउँ ठाउँमा अवरोध गरिरहेको छ । हामी शान्ति जुलुस गर्न लागेको हो । कुनै पार्टीलाई गाली गरेको होइन् । पैदल हिडेर आएको महिना दिन पुगिसक्यो । हामीले गणतन्त्रको विरोध गरेका छैनौं । हामीलाई न्याय चाहिएको हो । मैले एक लाख रुपैयाँ लिएर चार लाख रुपैयाँ बुझाए तर पनि जग्गा नै लिलामी गरिदियो । न्यायाधीशले समेत घुस खाएको छ । न्यायप्रति नै आशा मरेको छ ।’

त्यस्तै काँकडभिट्टादेखि पैदलमा सहभागी भएर आएका अर्का पीडित लालबहादुर मगरको पनि गुनासो उस्तै छ । साहुसँग ३ लाख ४० हजार रुपैयाँ लिएर २ वर्षमा ६ लाख ८० हजार दिने सहमति भएकोमा दुई वर्ष नपुग्दै जग्गा नामसारी भएर साहु समेत बेपत्ता रहेको उनले बताए ।

‘यहाँ आउने व्यक्ति अनेक देखियता पनि सबैको कथा एउटै हो । काँकडभिट्टादेखि माग १६ गतेदेखि ३७ औं दिन भइसक्यो आज हिँडेको हातखुट्टा सुन्निएको छ । हामीले सहयोगको लागि सरकारलाई धेरै अपिल गरिसक्यौ तर केही सहयोग भएको छैन्’ उनले भने,‘ मैले साहुलाई ३ लाख ४० हजार लिएको २ वर्षमा ६ लाख ८० हजार दिने सहमति भएको थियो २ वर्ष नपुग्दै अर्कोको नाममा नामसारी गरिदिएछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?